४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
ढाका । बंगलादेशले केही भुटानी वस्तुलाई बजार पहुँच दिने भएको छ । बंगलादेशले ४३ प्रकारका भुटानी वस्तुलाई बजार पहुँच दिने प्रस्ताव गरेको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले जनाएको छ ।
बंगलादेश र भुटानबीच व्यापार सौविध्य सम्झौता भएको छ । दुई वर्षअघि सम्झौता भए पनि एनबीआरले बल्ल यस्तो प्रस्ताव गरेको हो । यसले दुवै देशको व्यापार बढ्ने आकलन गरिएको छ । ४३ प्रकारका वस्तुहरुमा दूध, प्राकृतिक मह, गहुँको पीठो, जाम, फलफूल, जेली, सिमेन्ट क्लिंकर, पोर्टल्यान्ड सिमेन्ट, पार्टिकल बोर्ड वुड, फेरो सिलिकन, रड र काठे फर्निचरलगायत छन् ।
यी वस्तुको बंगलादेशले भन्सार शुल्क, आपूर्ति शुल्क र नियामकीय शुल्क नलिने बताएको छ । तर आयातकर्ताहरुले भने मूल्यअभिवृद्धि कर र अन्य करहरु तिर्नुपर्नेछ । आपूर्ति कर लाग्ने वस्तुमा भने घरेलुस्तरमै समान एसडी तिर्नुपर्नेछ । यो व्यापारसौविध्य तत्काल लागू भएको पनि एनबीआरले जनाएको छ ।
सम्झौताअनुसार बंगलादेशले ९० स्थानीय उत्पादनमा यो वर्षको जुलाई १ देखि नै निर्यात शुल्कमा फाइदा असुलेको छ । प्रक्रियागत कठिनाइले केही समयपछि मात्र भुटानले यस्तो सुविधा पाएको बंगलादेशी मिडियाले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया