जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
अमेरिका । विश्वकै धनी व्यक्ति हुन् इलोन मस्क । टेस्ला र स्पेस एक्सका मालिक उनी बेला–बेला सामाजिक सञ्जाल ट्विटरमा ठट्टा गरिरहन्छन् । उनले पछिल्लोपटक फेरि एकपटक ट्विटरबाट तहल्का मच्चाइदिए । त्यो थियो– राम्रो प्रस्तुति पस्किन नसकेर लज्जास्पद हार व्यहोरिरहेको इंग्लिस प्रिमियर लिग क्लब किन्दै छु भन्ने ट्विट ।
हो, उनले म्यानचेस्टर युनाइटेड किन्दै छु भनेर ट्विट गरे । यसलाई धेरै न्युज आउटलेटहरुले समाचार बनाए । तर केही समय नबित्दै उनले अर्को ट्विट गरिदिए– यो सबै ठट्टा मात्र हो । मैले म्यानचेस्टर युनाइटेड किन्न लागेको होइन । टेस्लाका अर्बपति सीईओले ट्विटमा भनेका थिए– र, म म्यानचेस्टर युनाइटेड किन्दै छु, स्वागत छ सबैलाई ।’ १० करोड ३० लाख बढी आफूलाई पछ्याउनेलाई उनले भनेका थिए । तर केही घण्टामै उनले यो सब ठट्टा मात्र हो है भन्ने स्पष्टीकरण दिए ।
यता म्यानचेस्टर युनाइटेडले पनि बजारमा चलेको हल्लाको पछि नलाग्ने भन्दै कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको सीएनएनले जनाएको छ । मस्कको पहिलो ट्विट भाइरल भएपछि न्युयोर्क स्टक एक्सचेन्जमा उक्त क्लबको सेयर सुरुमा ह्वात्तै बढ्नपुगेको थियो । बुधबारको व्यापार कारोबारमा क्लबको सेयर तीन प्रतिशत माथिले बढेको थियो ।
फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेडको मूल्य चार अर्ब ६० करोड अमेरिकी डलर छ । यसको नियन्त्रण भने ग्लेजर परिवारको छ । यही परिवारले एनएफएल फ्रेन्चाइज टाम्पा बे बुकानिअर्सको पनि स्वामित्व लिएको छ । म्यानचेस्टर युनाइटेड संसारकै ठूलो क्लब हो तर सन् २०१३ यता यसले प्रिमियर लिगको उपाधिमा धावा बोल्न सकेको छैन । ट्विटरमा १३ वर्ष बिताइसकेका मस्क व्यक्तिगत ब्रान्डका लागि महत्वपूर्ण भाग बन्दै आएका छन् । आफ्नो व्यवसायको कुरा होस् कि अरुलाई गाली गर्न होस् बजारमा उनको प्रतिक्रिया वा धारणाले तहल्का मच्चाउँछ । उनले भर्चुअल मुद्राबारे गर्ने टिप्पणीले त्यसको मूल्यमै घटबढ गराउँछ ।
ट्विटकै विषयले अमेरिकी धितोपत्र र विनिमय आयोगसँग धेरैपटक उनलाई तातो पानीको माथि राखेको छ । सन् २०१८ मा उनले टेस्लालाई ४ सय २० डलरमा प्राइभेट लैजानलागेको र पैसा समेत सुरक्षित रहेको बताएका थिए । त्यसले उनलाई खूबै विवादित बनाएको थियो । योसँगै टेस्लाको सेयर ह्वात्तै बढायो तर यसले लगानीकर्तालाई गलत सूचना दिएको भन्दै नियामकसँग विवाद पनि बढेको थियो । पछि दुवै पक्ष सहमतिमा गएका थिए । ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने र नकिन्ने विवाद उत्कर्षमा पुगेका बेला मस्कले क्लबबारे ट्विट गरेका हुने । अहिले यो विवाद अदालत पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया