Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने

चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने


वासिङटन । संयुक्त राज्य अमेरिकाले ताइवानसँग औपचारिक द्विपक्षीय व्यापार वार्ता गर्ने घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादित भ्रमणको केही हप्ता नबित्दै अमेरिकाले यस्तो घोषणा गरेको हो ।

यसअनुसार पहिलो चरणको छलफल चाँडै हुने अफिस अफ यूएस ट्रेड रिप्रेजेन्टेटिभले जनाएको छ । वार्तामा व्यापार सुविधा, डिजिटल व्यापारलगायत विषयहरु समावेश हुनेछन् । पेलोसीको भ्रमणपछि चीन–अमेरिका तनाव बढिरहेको छ । २१औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान इनिसिएटिभ जुनमा सार्वजनिक गरिएको थियो । दुवै पक्षले यसमा सहमतिको लागि छलफल गर्ने बताइसकेका छन् । सन् २०२० मा ताइवान र अमेरिकाबीच झण्डै १०६ अर्ब डलरको व्यापार भएको भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x