विश्वमा घटे कोरोना संक्रमित, एसियामा बढ्यो मृतकको संख्या
काठमाडौं । कोरोना भाइरसबाट नयाँ संक्रमितको संख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभर कोरोनाका कारण मृतकको संख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ । तर एसियामा भने मृतकको संख्या बढेको संगठनको तथ्यांकमा देखिएको छ ।
गत हप्ता विश्वभर ५४ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ संक्रमितको संख्यामा कमी आएको छ । युरोप र मध्यपूर्वमा पनि कम देखिएको संगठनले जनाएको छ । पश्चिमी प्रशान्त र दक्षिण पूर्वीएसियामा भने मृतकको संख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमश ३१ र १२ प्रतिशतका दरले मृतकको संख्यामा वृद्धि भएको देखिएको हो ।
विश्वभरी अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन् । उनीहरुले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, संक्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् । रासस//एपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया