Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाँच किलो लागूऔषधसहित ८१ वर्षीया महिला पक्राउ

पाँच किलो लागूऔषधसहित ८१ वर्षीया महिला पक्राउ


वार्सा । यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ । बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीहरुले बताएका छन् ।

डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागूऔषध बरामद गरिएको हो । बरामद भएको लागूऔषध फल्स बटन बनाएर तक्सरीको प्रयास गरिएको थियो । ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन् । उनले कुनै पनि गलत काम नगरेको बताएकी छन् ।

पोल्यान्डको कानुनअनुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिनेछ । गैरकानुनी रुपमा प्रतिबन्धित लागूऔषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नुपर्नेछ । यसैबीच डेनमार्क सरकारले आफ्ना नगारिक लागूऔषधसहित पोल्यान्डमा पक्राउ परेको समाचारको पुष्टि गर्दै उनलाई वार्सास्थित आफ्नो देशको दूतावासले कन्सुलर सेवा प्रदान गरिरहेको बताएको छ । रासस/एपी 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x