Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानले भूकम्प प्रभावित क्षेत्रमा २२ सय घर पुनर्निर्माण गर्ने

अफगानिस्तानले भूकम्प प्रभावित क्षेत्रमा २२ सय घर पुनर्निर्माण गर्ने


काबुल । अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार दुईसय घर पुनर्निर्माण गर्ने बताएको छ । सिन्ह्वाका अनुसार अफगानिस्तानको तालिवान नेतृत्वको प्रशासनले पूर्वी क्षेत्रका भूकम्प प्रभावित परिवारका लागि दुई हजार दुई सय घर पुनर्निर्माण गर्नुपर्ने अनुमान गरिएको जनाएको हो । त्यसैगरी, सरकारले पक्तिका प्रान्तको बरमल जिल्लामा एक हजार घर निर्माणका लागि काम शुरु भएको जनाएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय मामिला उपमन्त्री माउलावी शाराफुद्दिन मुस्लिमले उक्त परियोजनालाई संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरले सहयोग गरेको जनाएको छ । गत जुन २२ मा अफगानिस्तानमा गएको भूकम्पमा परी दुई हजारभन्दा बढी घर पूर्ण रूपमा भत्केका थिए । विनाशकारी भूकम्पका कारण पक्तिकाको गयान र बरमल जिल्ला तथा छिमेकी खोस्त प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै तीन हजारभन्दा बढी घाइते भएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x