चीनमा जन्मिएका क्यानडेली अर्बपतिलाई १३ वर्ष जेल सजाय
हङकङ । चिनियाँ–क्यानडेली अर्बपति सियाओ चिनुआलाई शुक्रबार १३ वर्षको जेल सजाय सुनाइएको छ । हङकङको एक होटलबाट अपहरणमा परेको पाँच वर्षपछि उनलाई मूलभूमि चीन लगिएको थियो । सोसँगै उनीविरुद्ध जेल सजाय भएको हो ।
सियाओ र उनको कम्पनी टुमरो होल्डिंग्सले दशौँ अर्ब डलरको अपराध गरेको भन्दै जेलसजाय सुनाइएको हो । अवैधानिक रुपमा सर्वसाधारणको निक्षेप लिएको, सम्पत्तिको दुरुपयोग गरेको र घुसखोरीमा पैसाको अवैध खर्च गरेको सांघाई फस्र्ट इन्टरमिडिएट अदालतले एक वक्तव्यमा जनाएको छ । अदालतले उनीविरुद्ध साढे नौ लाख डलर र कम्पनीविरुद्ध आठ अर्ब डलर जरिवाना समेत लगाएको छ ।
‘टुमारो होल्डिंग्स र सियाओ चिन्वाले गम्भीरुपमा वित्तीय व्यवस्थापनलाई क्षति पु¥याएको र देशकै वित्तीय सुरक्षालाई खतरामा पारेको आरोप लगाइएको छ । तर सियाओ र उनको कम्पनीले आफ्नो अपराध स्वीकारेको पनि उल्लेख छ । सियाओ चीनका धनीमध्येका एक हुन् । उनको नियन्त्रणमा टुमरो ग्रुप रहेको छ । यसका बैंक, इन्स्योरेन्स र घरजग्गा क्षेत्रमा ठूलो सेयर लगानी रहेको बताइएको छ । हुरुनका अनुसार सियाओसँग छ अर्ब डलर सम्पत्ति छ भने चीनमा उनी ३२औँ धनी हुन् । तर यो सन् २०१६ को धनी सूची हो । सन् २०२१ सम्मको २० वर्षमा सियाओ र उनको कम्पनीले सरकारी अधिकारीलाई सेयर, घरजग्गा, पैसा र अन्य सम्पत्ति गरी झण्डै १० करोड डलर दिएको अदालतले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया