भारतले श्रीलंकालाई २१ हजार टन मल दियो
नयाँ दिल्ली । भारतले आर्थिकपमा संकटग्रस्त छिमेकी मुलुक श्रीलंकालाई सोमबार २१ हजार मेट्रिक टन मल हस्तान्तरण गरेको छ । श्रीलंकाको कोलम्बोस्थित भारतीय उच्चायोगले गरेको ट्विटमा भनिएको छ, ‘भारतीय उच्चायुक्तले भारतको विशेष सहयोगमा आपूर्ति गरिएको २१ हजार टन मल औपचारिक रूपमा श्रीलंकाका जनतालाई हस्तान्तरण गरेका छन् । यसले दुई देशबीचको मित्रता र सहयोगमा थप टेवा पुगेको छ ।’
भारतको सहयोगमा गत महिना ४४ हजार टन खाद्यान्न आपूर्ति भएको थियो । मल हस्तान्तरणले खाद्य सुरक्षामा योगदान पु-याउनुका साथै किसानलाई सहयोग पु-याउनेछ । यसले भारत र श्रीलंकाबीचको घनिष्ठ सम्बन्ध, पारस्परिक विश्वास र सद्भाव सिर्जना गर्दै जनतालाई प्रत्यक्ष लाभ पु-याउने भारतीय उच्चायोगले जनाएको छ । श्रीलंकालाई उनीहरूको आवश्यकताअनुसार आर्थिक सहयोग प्रदान गर्न भारत अग्रपंक्तिमा रहँदै आएको छ र आवश्यक समयमा अधिकतम सहयोग प्रदान गर्ने देशहरूमध्ये एक हो ।
सन् २०२२ को सुरुदेखि नै श्रीलंकाले बढ्दो आर्थिक संकटको सामना गरिरहेको छ र सरकारले आफ्नो विदेशी ऋणमा डिफल्ट गरेको छ । संयुक्त राष्ट्रसंघले श्रीलंकामा ५७ लाख मानिसलाई तत्काल मानवीय सहायताको खाँचो रहेको चेतावनी दिएको छ । श्रीलंकावासीले खाद्यान्न र इन्धनलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भोगेपछि मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो । श्रीलंकामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो संख्यामा मानिसहरू प्रभावित भएका कारण गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया