ब्रिटिश एयरवेजले १० हजार उडान कटौती गर्ने
लन्डन । ब्रिटिश एयरवेजले विन्टर सिजन (जाडोका बेला) १० हजार उडान कटौती गर्ने भएको छ । विमान सेवा प्रदायकले छोटो दूरीका उडान यतिको संख्यामा कटौती गर्ने भएको हो ।
यो भनेको अक्टोबर–मार्चको समयमा हिथ्रो विमानस्थलबाट हुने उडान पर्ने बीबीसीले जनाएको छ । सो समयमा कतिपय लामो दूरीका उडान समेत कटौती हुनसक्ने बताइएको छ । बीएले दर्जन बढी राउन्ड ट्रिप गरी कुल छ सय २९ उडान अक्टोबरको अन्त्यसम्ममा कटौती गर्ने पनि उल्लेख गरेको छ । हिथ्रो बीएको मुख्य उडान हुने क्षेत्र हो ।
विमान कम्पनी कर्मचारी अभावको समस्या झेलिरहेको छ । विमानस्थल र कम्पनीहरुले कोभिड प्रतिबन्धका बेला कर्मचारीको संख्या कटौती गरेका थिए । अहिले त्यो संख्यामा कर्मचारी राख्न हम्मेहम्मे परिरहेको छ । अहिले कोरोनाको प्रभाव कम भइसकेको अवस्थामा यात्रुहरुको संख्या बढेको छ । सोही कारण उडानको माग उच्च छ ।
हिथ्रोले अहिले बढ्दो यात्रुको व्यवस्थापन सहज तरिकाले गर्न सकेको छैन । खासगरी लगेज व्यवस्थापनमा समस्या परिरहेको बताइएको छ । उडान कटौती गरे पनि वैकल्पिक उडानको व्यवस्था हुने वा पैसा फिर्ता हुने एयरवेजले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया