खाद्यान्नको चर्को मूल्य भएका १० देशमा श्रीलंका पाचौँ स्थानमा
कोलम्बो । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलंका पाँचौँ स्थानमा परेको छ । आफ्नो खाद्य सुरक्षा अनुगमन अद्यावधिक प्रतिवेदनमा विश्व बैंकले युक्रेनमा युद्ध सुरु भएदेखि नै खाद्यान्न र कृषि मलहरूको मूल्य वृद्धिसँगै यसको खाद्य सुरक्षाको सहजतामा कठिनाइ थपिएको छ ।
कोरोना महामारीको सुरुमा सम्भावित खाद्यान्न अभावको सामना गर्दा देशहरूले घरेलु आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्रिय व्यापार नीति प्रयोग गरेका थिए जसले विश्वव्यापारमा उतारचढाव ल्याएको छ । गत जुलाईसम्म श्रीलंकाले घरेलु खाद्यान्न आपूर्तिमा चरम अभावको अनुभव गरिरहेको छ। विदेशी मुद्रा सञ्चिति अभावले देशले ठूलो व्यापार घाटा व्यहोरेको छ ।
खाद्यान्न आयात गर्न अहिले पनि विदेशी मुद्राको चरम अभाव छ । पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूमा खाद्यान्नको मूल्य मुद्रास्फीति उच्च रहँदा यस्तो भएको हो । भर्खरै युक्रेनी अन्न ढुवानी चलिरहेको छ तर खाद्य सुरक्षामा चुनौती यथावत् छ। विश्व बैंकको मूल्यांकनअनुसार विगत दुई साताको अवधिमा विश्वव्यापी रूपमा कृषि, अनाज र निर्यात मूल्य सूचकांकहरू स्थिर रहेकाले कृषि तथा अनाजको मूल्य सूचकांक दुई साताअघिको तुलनामा एक प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया