मस्कले ट्विटरका सहसंस्थापक दोर्सेलाई अदालत निम्त्याए
अमेरिका । स्पेस एक्स तथा टेस्लाका प्रमुख इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरसँग कानुनी लडाइँ सुरु गरेका छन् । पहिले ट्विटर किन्ने प्रस्ताव गरेका उनले पछि नकिन्ने भनेपछि ट्विटर यसविरुद्ध अदालत गएको थियो ।
सो क्रममा उनले ट्विटरका सहसंस्थापक ज्याक दोर्सेलाई अदालतमा झिकाउन रिट दायर गरेका हुन् । मस्क अहिले ४४ अर्ब डलरको ट्विटरसँगको सम्झौता टुंग्याउने प्रयासमा छन् । उनले यसका लागि ट्विटरले आफूले मागेको नक्कली र झूठा एकाउन्टबारेको जानकारी ट्विटरले नदिएको आरोप लगाएका छन् ।
यसविरुद्धको मुद्दाको सुनुवाइ अमेरिकाको डेलावेरमा आगामी अक्टोवरमा हुनेछ । दुवै पक्षले यसअघि नै यसबारे मिलापत्र समेत गर्न सक्नेछन् । न्यायाधीशले विश्वकै धनी व्यक्तिलाई सम्झौता टुंग्याउन आदेश दिनेमा ट्विटरको आशा छ । मस्कले ट्विटरको ५४.२० प्रतिसेयर मूल्यमा सामाजिक सञ्जाल किन्ने बताएका थिए ।
सोही मुद्दाको सामनाको तयारीमा रहेका मस्कका वकिलहरुले ट्विटरका पूर्वमालिक दोर्सेलाई अदालत झिकाउन माग गरेका हुन् । मस्कका वकिलहरुले दोर्सेले यस मुद्दामा मस्कलाई सघाउने अपेक्षा गरेका छन् । मस्कले गत जुलाईमा ट्विटर नकिन्ने बताएका थिए । त्यसयता दुई पक्षबीच कानुनी लफडा चलिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया