Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगैरव्यापारिक प्रयोजनका लागि टायलको आयात पुनः सुरु गर्न श्रीलंकाको अनुमति

गैरव्यापारिक प्रयोजनका लागि टायलको आयात पुनः सुरु गर्न श्रीलंकाको अनुमति


कोलम्बो । श्रीलंका सरकारले व्यक्तिगत वा गैर–व्यापारिक प्रयोजनका लागि टाइल्स आयात गर्न अनुमति दिएको छ । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रोपर्टी डेभलपर्सलाई आफ्नो प्रयोगका लागि टाइल्स आयात गर्न अनुमति दिनुभएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

श्रीलंकाले विदेशी मुद्रा जोगाउनका लागि गत वर्ष टायलको आयातमा प्रतिबन्ध लगाएको थियो । एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले ‘प्रत्यक्ष प्रयोग’ का लागि टायल र ढुंगाको आयातलाई अनुमति दिइएको घोषणा गरेका हुन् । आर्थिकरूपमा संकटग्रस्त यस दक्षिण एशियाली मुलुकमा पुनः विक्री अर्थात् व्यापारिक प्रयोजनका लागि टायल्स र ढुंगाको आयात अझै प्रतिबन्धित छ ।

आवास क्षेत्र निर्माण, मिश्रित विकास परियोजना, स्वीकृत होटल र लगानी बोर्ड र उक्त नियममा नबाँधिने सरकारी परियोजनालाई टाइल्स आयात गर्न अनुमति दिइने उनले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x