Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानका पूर्वप्रधानमन्त्री खानले पाए जमानत

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले पाए जमानत


इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ । एएनआईका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संघीय राजधानी इस्लामाबादका अतिरिक्त इजलास न्यायाधीश जेबा चौधरी र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा दर्ता गरिएको आतंकवादको मुद्दामा सेप्टेम्बर १ सम्मका लागि सुरक्षात्मक जमानत स्वीकृत गरिएको हो ।

इस्लामाबादको आतंकवाद नियन्त्रण अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानलाई बिहीबार अन्तरिम जमानत प्रदान गरेको हो । उनलाई एक लाख रुपैयाँको जमानतका लागि स्वीकृति दिइएको हो । इस्लामाबादका सदर म्याजिस्ट्रेट अली जावेदको उजुरीका आधारमा इमरान खानविरुद्ध आतंकवादको मुद्दामा शनिबार अबेर राति मुद्दा दर्ता गरिएको थियो ।

तर, पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ र उनलाई सेप्टेम्बर १ सम्ममा अदालतमा उपस्थित हुन आदेश दिइएको छ । यद्यपि अदालतले पीटीआईका वकिल बाबर अवानको थप जमानतको अनुरोधलाई अस्वीकार गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x