Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनसँगको तनावपछि ताइवानले १४.९ प्रतिशतले बढायो रक्षा बजेट

चीनसँगको तनावपछि ताइवानले १४.९ प्रतिशतले बढायो रक्षा बजेट


ताइबान । ताइवानले बिहीबार सन् २०२३ का लागि १७.३ अर्ब अमेरिकी डलरको रक्षा बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो । चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास सुरु गरेको हप्ता दिनपछि यो प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुद्री तथा हवाइ उडानलगायतका कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ । प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८.३ र समुद्री तथा हवाइ लडाइँ क्षमता बढाउन कार्यक्रम समावेश गरिएको छ । अर्को विशेष कोष समावेश भएमा कुल बजेट एनटीडी ५८६.३ अर्ब पुग्ने निक्की एसियाले रिपोर्ट गरेको छ । बजेट अब विधायिका युआनमा अनुमोदनको लागि पठाइनेछ जुन अर्को महिनादेखि सुरु हुँदै छ ।

पछिल्लो समय ताइवान बढ्दो चिनियाँ आक्रामकतासँग जुधिरहेको बताइएको छ । बेइजिङले यस महिनाको सुरुमा आफ्नो ताइवानवरिपरि आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतामा ताइवानलाई थप चिन्ता बढेको प्रतिवेदनहरूले उल्लेख गरेका छन् । सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि पिपुल्स लिबरेसन आर्मीले ताइवान र यसको बाहिरी टापुहरू वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x