अमेरिकाद्वारा श्रीलंकालाई तीन हजार मेट्रिक टन खाद्यान्न उपलब्ध
कोलम्बो । संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए)मार्फत र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलंकाका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ ।
‘अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलंकाका बालबालिकालाई लक्षित गर्दछ र उनीहरूलाई खाद्यान्न अभावको चिन्ताबाट मुक्त गरी विद्यालयको पढाईमा ध्यान केन्द्रित गर्न सक्षम बनाउनेछ । श्रीलंकास्थित अमेरिकी दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै श्रीलंकालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुनेछ ।’
राजदूत चुङ, श्रीलंकाका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । यो सहयोग ‘यूएसडीए म्याकगभर्न–डोल इन्टरनेसनल फुड फर एजुकेसन एण्ड चाइल्ड न्युट्रिसन प्रोग्राम’को एक हिस्सा हो । भोकमरी कम गरेर साक्षरता र विद्यालय उपस्थिति सुधार गर्न खाद्य असुरक्षितलाई तत्काल आपतकालीन सहायता प्रदान गर्ने उद्देश्यले पाँच वर्षको दुई करोड ६० लाख अमेरिकी डलरको परियोजना हो ।
‘यूएसडीए र यसको साझेदार सेभ द चिल्ड्रेनले श्रीलंका सरकार र स्थानीय समुदायसँग मिलेर सबैभन्दा बढी खाँचोमा परेकाहरूलाई खाना पु-याउन काम गरिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो सहयोगले विश्वव्यापी रूपमा खाद्य सुरक्षा अभियानलाई विस्तार गर्न र जीवन बचाउन र दुःख कम गर्न तत्काल आपतकालीन सहायताको रेकर्ड मात्रा प्रदान गर्न अमेरिकीे प्रयासलाई प्रतिविम्बित गर्दछ ।’
यसका अतिरिक्त अमेरिकाले यस वर्ष श्रीलंकालाई १७ करोड ९० लाख अमेरिकी डलरभन्दा बढी को नयाँ सहायता को घोषणा गरेको छ । जूनयता मात्र करिब तीन करोड २० लाख अमेरिकी डलर नयाँ मानवीय र प्राविधिक सहायता श्रीलंका आएको छ । यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आसियान क्षेत्रीय मञ्चको सम्मेलनका क्रममा श्रीलंकाका विदेशमन्त्री अली साबरीलाई नोमपेनमा भेटेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया