Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्पेस एक्स र टी मोबाइलबीच इन्टरनेट उपलब्ध गराउने सहमति

स्पेस एक्स र टी मोबाइलबीच इन्टरनेट उपलब्ध गराउने सहमति


अमेरिका । रकेट कम्पनी स्पेस एक्स र टी मोबाइलले अमेरिकाका सबैजसो ठाउँमा इन्टरनेट उपलबध गराउने सहमति गरेका छन् । हालसम्म वायरलेस सञ्जालसमेत नजोडिएका कतिपय ठाउँमा यस्तो इन्टरनेटले जोड्ने भएको अमेरिकी मिडियाले जनाएका छन् ।

अर्को वर्षको अन्त्यसम्म यसका लागि दुई कम्पनीले बेटा परीक्षण गर्नेछन् । यो स्पेस एक्सको स्याटेलाइटमा आधारित इन्टरनेट व्यवसाय स्टारलिंकका लागि हो । यदि यस्तो भए टी मोबाइलका फोनहरुमा स्टारलिंकका इन्टरनेट जोडिनेछन् । टी मोबाइलले अन्य देशमा पनि यसका लागि काम गरिरहेको छ । यता स्टारलिंकले पनि विश्वमा व्यवसाय विस्तार गर्न खोजिरहेको छ ।

स्पेस एक्सका सीईओ इलो मस्कले विश्वका क्यारियरहरुलाई सम्पर्क राख्न आह्वान नै गरेका छन् । यो नयाँ सेवा भने भर्सन २ वा भी२ मा आधारित हुने उनको भनाइ छ । सेवाका लागि टी मोबाइललगायतका कम्पनीहरुले नयाँ नेटवर्क बनाउनेछन् । यसैबाट स्टारलिंकका स्याटेलाइट प्रयोग गरी उनीहरुको मिडब्यान्ड स्पेक्ट्रमबाट देशैभर इन्टरनेट उपलब्ध हुनेछ । यो स्याटेलाइटबाट सेलुलर सर्भिस हो । स्याटेलाइटमा आधारित सेलुलर सर्भिस स्टारलिंकबाट उपलब्ध हुँदा त्यसले फोनसँगै बजारमा काम गर्ने मस्कले बताएका छन् । टी मोबाइलसँगको सहकार्यबाट इन्टरनेटविहीन स्थानको अन्त्य हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x