Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘१५ लाख श्रीलंकालीलाई खाद्य सहयोग आवश्यक छ’

‘१५ लाख श्रीलंकालीलाई खाद्य सहयोग आवश्यक छ’


कोलम्बो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलंकालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ ।

अकल्पनीय आर्थिक संकट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाहरू सबैभन्दा बढी प्रभावित भएका बताएको छ । डब्ल्युएफपीले बिहीबार एक विज्ञप्ति निकालेर करिब ६३ लाख सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न भएको पनि बताएको छ ।

डब्ल्युएफपीले देशका बालबालिकालाई विद्यालय भोजन कार्यक्रममा समावेश गर्ने योजना बनाइएको पनि जनाएको छ । औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभावले पिरोलिएका श्रीलंकालीलाई विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सरकारले खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x