Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलगातार ओरालो लाग्दै विश्व सेयरबजार

लगातार ओरालो लाग्दै विश्व सेयरबजार


युरोप, फागुन १५

विश्व सेयरबजार कोरोना भाइरस संक्रमणको फैलिँदो अवस्थाका कारण लगातार ओरालो लाग्न थालेको छ । लगातार पाँचौँ दिन बजार सूचक ओरोलो लागेको बीबीसीले जनाएको छ । लन्डनमा एफटीएसई १०० इन्डेक्स १.१ प्रतिशतले ओरालो लागेको छ । अन्य युरोपेली बजारलाई पछ्याउँदै सेयर सूचक ओरालो लागे पनि पछि केही सुधार देखिएको थियो । त्यस्तै एसियामा जापानको निक्की २२५ इन्डेक्स शून्य दशमलव आठ प्रतिशतले र हङकङको हाङसाङ सूचक पनि शून्य दशमलव सात प्रतिशतले गिरावट आएको छ ।ठूला कम्पनीहरुले कोरोना भाइरसको कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी दिएसँगै सेयरबजारमा त्यसको प्रभाव पर्नथालेको हो । मंगलबार एफटीएसई१०० १२ महिनायताकै न्यून विन्दुमा पुगेको बताइएको छ । लगानीकर्ताहरु नोक्सानी व्यहोर्नुपर्ने डरले सुरक्षित स्थानमा आकर्षित भएका कारण सेयरबजारमा गिरावट आएको छ ।

उनीहरुले सेफ हेभनका रुपमा लिइने सुनमा लगानी स्थानान्तरण गरिरहेका छन् । धेरै कम्पनीले भाइरसले बिक्रीमा असर पु¥याएको बताइरहेका छन् ।त्यस्तै क्रेताहरु भाइरस फैलिने त्रासमा घरभित्रै बसिरहेका छन् । त्यसले कम्पनीहरुको बिक्रीमा प्रभाव परेको हो । चीनमा ७७ हजार मानिस यसबाट संक्रमित भएका छन् । २६ सय जनाले ज्यान गुमाइसकेका छन् । चीनबाहिर पनि १२ सय जनामा यसको संक्रमण फेला परेको छ । ३० देशमा फैलिएको भाइरसको कारण चीनबाहिर पनि मर्नेको संख्या २० नाघिसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x