‘इरानमा युरेनियमको भण्डारण अत्यधिक’
भियना । इरानले सन् २०१५ मा भएको सम्झौताभन्दा १९ गुणा बढी युरेनियमको भण्डारण संव्िद्र्धत गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले जनाएको छ ।
इरानले सन् २०१५ मा विश्व शक्तिराष्ट्रसँग भएको सम्झौतामा उल्लिखित सीमाभन्दा बढी युरेनियम संवर्द्धन जारी राखेको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायले बुधबार जनाएको हो । आईएईएको रिपोर्टअनुसार २१ अगष्टसम्म इरानको मौज्दात अनुमानित तीन हजार नौ सय ४० किलोग्राम रहेको छ, जुन अघिल्लो त्रैमासिकको प्रतिवेदनको तुलनामा १३१.६ किलोग्राम बढी हो ।
आईएईएले इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको प्रत्याभूति दिन नसक्ने बताउँदै अघोषित स्थलमा विगतको आणविक सामग्रीको उपस्थितिबारे उठेका प्रश्नको समाधानमा कुनै प्रगति नभएको बताएको छ । आईएईएले रिपोर्टमा भनेको छ, ‘इरानको आणविक कार्यक्रम शान्तिपूर्ण छ भनेर आश्वासन दिनसक्ने अवस्थामा नरहेको बताएको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया