Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘महँगीसँग जुध्न खरो उत्रिनु आवश्यक छ’ अमेरिका ।

‘महँगीसँग जुध्न खरो उत्रिनु आवश्यक छ’ अमेरिका ।


अमेरिका । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका प्रमुख जेरेमी पवेलले महंगीविरुद्ध खरो उत्रिनु आवश्यक रहेको बताएका छन् । क्याटो इन्स्टिच्युटको ४०औँ वार्षिक मौद्रिक सम्मेलनमा बोल्दै उनले मूल्य स्थिरताका लागि फेडले दायित्व वहन गर्ने बताएका हुन् ।

‘हामीले बलियोसँग अहिले कदम चाल्न आवश्यक छ’, उनले भने । महंगीसँग जुध्न बलियो नीतिलाई अंगीकार गर्ने उनको भनाइ थियो । उपभोक्ता र व्यावसायिक क्षेत्रलाई केही आश्वस्त गर्ने क्रममा उनले मूल्यवृद्धि नियन्त्रण गरिने प्रतिबद्धता जनाए । महंगी बढ्दै गर्दा तिर्ने, कमाउने र लगानी गर्ने बानीमा नै परिवर्तन ल्याउने देखिएको छ । त्यसो भए फेरि पहिलेकै अवस्थामा फर्किन कठिन हुनसक्नेछ । आगामी दिनमा फेडले ७५ आधार विन्दुका आधारमा ब्याजदर बढाउनसक्ने देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x