Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबढ्यो रेमिट्यान्स

बढ्यो रेमिट्यान्स


कोलम्बो । श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलंकालीहरुबाट प्राप्त रेमिट्यान्सले आर्थिक संकटमा परेको देशमा राहत मिलेको बताएका छन् ।

उनले उनीहरुबाट पठाइएको रेमिट्यान्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । उनले वैदेशिक रोजगारीमा गएका श्रीलंकालीबाट प्राप्त भएको रेमिट्यान्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताए । उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिट्यान्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका हुन् ।

उनले रेमिट्यान्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिए । ‘देश आर्थिक संकटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिट्यान्स रकमका लागि विशेष धन्यवाद छ’, मन्त्री नानकायराले भनेका छन् ।

गएको वर्षदेखि आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि विदेशिएका पाइएको बताइएको छ ।

श्रीलंकाका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले सो कुराको जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उनले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिए ।

उनले आइतबार यस वर्ष मात्र दुई लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको र अरु पनि दर्ता नै नगराई विदेश गएको हुनसक्ने बताएका थिए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x