Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्दै श्रीलंका

पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्दै श्रीलंका


एजेन्सी कोलम्बो, फागुन १६

श्रीलंकाको यातायात सेवा प्रबन्धन मन्त्रालयले केन्द्रीय प्रान्तीय सहर कान्डीमा देशको पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्ने निर्णय गरेको छ । कान्डी र उपनगरहरुमा यातायात सजिलो बनाउन रेल परियोजनाहरु छिटो विस्तार गर्ने विषयमा छलफल भइरहेको बेला राज्यका मन्त्री दिलुम अमुनुगामाले सरकारको उक्त योजनाबारे जानकारी गराएको बिहीबार डेली मिरर नामक राष्ट्रिय दैनिकले जनाएको छ । कान्डीको यातायात मन्त्रालयमा भएको छलफल, यातायात मन्त्री महिन्दा अमरवीराको अध्यक्षतामा भएको थियो ।

उनले नवलापितीयमा नयाँ रेल परियोजना विस्तार गर्ने योजना अघि सारिएको बताए । नयाँ रेलमार्गको ट्र्याक रामबुकाना र कादुगानावाको कातुगास्तोतादेखि कान्डीसम्म निर्माण गरिने बताइएको छ । सम्पूर्ण आयोजनालाई हाल उक्त क्षेत्रमा रहेका रेलमार्गमा सिमेन्टद्वारा निर्मित पिलरहरूको प्रयोग गरेर निर्माण गरिनेछ । स्पेनी कम्पनीले आयोजनाको निर्माणको जिम्मा पाएको आयोजना निर्माणको प्रारम्भिक चरणको सुरूवात बुधबार भएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x