Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको मुद्रास्फीति घट्यो

भारतको मुद्रास्फीति घट्यो


नयाँ दिल्ली । भारतको थोक मूल्य सूचकांक (डब्लुपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ ।

‘अल इन्डिया होलसेल प्राइस इन्डेक्स (डब्लुपीआई) नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर सन् २०२२ को अगस्टमा सन् २०२१को सोही महिनाभन्दा कमी भएको छ । यो १२.४१ प्रतिशत कायम भएको छ । जुलाई २०२२ मा डब्लुपीआईमा आधारित मुद्रास्फीति १३.९३ प्रतिशत रहेको थियो । ‘सन् २०२२ को अगष्टमा खनिज तेल, खाद्य वस्तु, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्यास, आधारभूत धातु, रसायन र रासायनिक पदार्थ, बिजुली, खाद्य पदार्थ आदिको मूल्यवृद्धिले मुख्यतया अघिल्लो वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीतिमा योगदान पु-याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका अनुसार अगस्टमा डब्लुपीआई इन्डेक्समा जुलाईको तुलनामा ०.४६ प्रतिशतले कमी आएको छ । थोक बजारमा मूल्यको सूचक डब्लुपीआई मुद्रास्फीति, मुख्यतया विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा तीव्र वृद्धि वा कमीको कारण परिवर्तन हुने गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x