Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व बैंक भन्छ– ब्याजदर बढ्दा २०२३ मा मन्दी आउन सक्छ

विश्व बैंक भन्छ– ब्याजदर बढ्दा २०२३ मा मन्दी आउन सक्छ


अमेरिका । विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका बेला विश्व बैंकले भने अर्को वर्ष यही कारण मन्दी आउनसक्ने बताएको छ । उच्च ब्याजदरकै कारण विश्व अर्थतन्त्रले मन्दीको सामना गर्नुपर्ने हुनसक्ने विश्व बैंकले बताएको हो ।

केन्द्रीय बैंकहरुले विगत पाँच वर्षमा पहिलोपटक धेरै ब्याजदर वृद्धि गरेका थिए । खासगरी बढ्दो महंगी नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका हुन् । ब्याजदर बढेसँगै सापटी झन् महंगो हुन जान्छ । उपभोग्य वस्तुको मूल्यवृद्धि रोके पनि यसले ऋण लिन उत्तिकै महंगो पर्न जान्छ । यसो हुँदा आर्थिक वृद्धि सुस्त हुन जान्छ ।

विश्व बैंकको यो चेतावनी अमेरिकी केन्द्रीय बैंक र बैंक अफ इंग्ल्यान्डले मौद्रिक नीतिसम्बन्धी बैठक बस्नुअघि आएको छ । प्रस्तावित बैठकले अर्को हप्ता ब्याजदर थप वृद्धि गर्ने अपेक्षा गरिएको छ । गत बिहीबार विश्व बैंकले सन् १९७० मा मन्दीपछि तंग्रिएयता विश्व अर्थतन्त्रमा अत्यन्त सुस्तता आएको बताएको थियो ।

विश्व बैंकले गरेको अध्ययनमा अमेरिका, चीन र युरो क्षेत्रको अर्थतन्त्र एकदमै सुस्त भएको पाइएको छ । यसले समग्र विश्व अर्थतन्त्रमाथि दबाब पार्ने र त्यसले अर्को वर्ष मन्दी छाउनसक्ने देखिएको विश्व बैंकले जनाएको छ । अहिले नै विश्व अर्थतन्त्रमा कठिन अवस्थाको संकेत देखिनथालेको विश्व बैंकले बताएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x