Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलले झुक्किएर इन्जिनियरलाई पठायो साढे दुई लाख डलर

गुगलले झुक्किएर इन्जिनियरलाई पठायो साढे दुई लाख डलर


अमेरिका । एक जनाले गुगलबाट झण्डै साढे दुई लाख अमेरिकी डलर पाएका छन् । कम्पनीका लागि केही नगरे पनि गुगलले झुक्किएर उनलाई उक्त रकम पठाएको हो । त्यत्रो पैसा प्राप्त गर्ने ती व्यक्ति भने क्रिप्टोकरेन्सी कम्पनी युगा ल्याब्सका इन्जिनियर साम करी रहेको सीएनएनले जनाएको छ । उनले आफ्नो प्रामाणिक ट्विटर एकाउन्टमा यसबारे बताएका छन् ।

‘यो त्यस्तै तीन हप्ताजति भयो होला, गुगलले मलाई दुई लाख ४९ हजार नौ सय ९९ अमेरिकी डलर पटक पटक गरी पठाएको’, उनले भनेका छन्, ‘अब कसरी गुगललाई यसबारे भन्ने ?’ उनले ठट्टा गर्दै यदि यो पैसा फिर्ता चाहिँदैन भने पनि ठीकै छ त भनेका छन् ।

तर गुगलले भने त्यो रकम फिर्ता लिने प्रयास गरिरहेको छ । गुगलले एक वक्तव्यमा झुक्किएर गलत मान्छेकहाँ पुगेको जनाउँदै त्यसलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x