इरानले लेबनानलाई इन्धन दिने
तेहरान । इरानी विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले आफ्नो देश लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।
भेटका क्रममा दुई पक्षबीच महत्वपूर्ण क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको प्रतिवेदनले जनाएको छ । इरानका विदेशमन्त्रीले लेबनानले सामना गरिरहेको समस्या समाधान गर्न तेल र अन्य सहायता उपलब्ध गराउन आफ्नो देशको तत्परतामा जोड दिएका छन् ।
पछिल्ला महिनाहरूमा, लेबनानका लागि इरानी राजदूत मोजताबा अमानीले बारम्बार आफ्नो देश लेबनानलाई इन्धन सामग्री उपलब्ध गराउन तयार रहेको बताएका छन् । विदेशी मुद्रा सञ्चितिको कमीबाट सृजित समस्याले गर्दा लेबनानले लामो समयदेखि ऊर्जाको अभाव कम गर्न पर्याप्त तेल आयात गर्न सकिरहेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया