इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद
इक्वेडर । ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा पक्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन् । बुधबार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थको तस्करीविरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने कुरा उल्लेख गरेका छन् । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
- आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने
- सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक
- नेपालले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा भाग लिने
- टीआई नेपालको अध्यक्षमा शर्मा निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया