बोइङले २० करोड डलर जरिवाना तिर्ने
अमेरिका । मानिसहरुको ज्यान जाने गरी भएको दुईवटा ७३७ म्याक्स विमान दुर्घटनाबारे लगानीकर्तालाई ढाँटेकोसम्बन्धी मुद्दामा अमेरिकी विमान कम्पनी बोइङले २० करोड डलर जरिवाना तिर्ने भएको छ ।
अमेरिकी सेयर बजार नियामकले कम्पनी र यसका पूर्वप्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनबर्गले सुरक्षाबारे गलत अभिव्यक्ति दिएको बताएको छ । बोइङले मानिसको जीवनभन्दा आफ्नो नाफालाई जोड दिएको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (सेक)ले जनाएको छ ।
७३७ म्याक्स विमान दुर्घटनापछि यस श्रेणीका सबै विमान विश्वमा २० महिनाभन्दा बढी समय ग्राउन्डेड भएका थिए । दुवै दुर्घटनामा गरी तीन सय ४६ जनाको मृत्यु भएको थियो । उक्त मुद्दामा १० लाख डलर जरिवाना मुलेनबर्गले पनि तिर्नुपर्नेछ ।
‘संकट र बिछोडको समयमा सार्वजनिक कम्पनी र यसका पदाधिकारीले पूर्ण, निष्पक्ष र सत्य कुरा बजारलाई बताउनुपर्छ’, सेकका प्रमुख ग्यारी जेन्स्लरले एक वक्तव्यमा भनेका छन् । उनले बोइङ र मुलेनबर्गले धेरैजसो आधारभूत पक्ष नखुलाएको पनि बताएका छन् । सेकको भनाइप्रति कम्पनी र मुलेनबर्ग दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सेकको घोषणापछि बोइङले लायन एयरको उडान ६१० र इथियोपियन एयरलाइन्सको उडान ३०२ मा गुमाएकालाई नभुल्ने जनाउँदै दुर्घटनापछि कम्पनीका विमानमा धेरै गहिरोमा पुगेर परिवर्तन गरेको बताएको छ । आधारभूत परिवर्तनसँगै सुरक्षा प्रक्रियालाई थप मजबुत बनाएको बोइङले उल्लेख गरेको छ । त्यस्तै कम्पनीले सुरक्षा, योग्यता र पारदर्शितालाई अझ बढी जोड दिएको बोइङले उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
- आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने
- सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक
- नेपालले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा भाग लिने
- टीआई नेपालको अध्यक्षमा शर्मा निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया