इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ
तेहरान । ‘नियमविपरीत हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा सात सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।
गत साता तेहरानमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिजाब राम्रोसँग नलगाएको भन्दै ‘रि–एजुकेसन सेन्टर’मा लगिएपछि भएको मृत्युपछि हजारौं इरानी नागरिक सडकमा उत्रिएका छन् । अल जजिराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा रहेका बेला विशेषज्ञ प्रहरी इकाइले उहाँलाई पक्राउ गरेको थियो । हिरासतमा रहँदा केही समयपछि उहाँलाई हृदयाघात भएको र तत्काल आकस्मिक सेवाको सहयोगमा अस्पताल लगिएको थियो । उहाँलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।
तस्निम समाचार एजेन्सीका अनुसार इरानी प्रहरीले एक हप्ताअघिदेखि सुरु भएको प्रदर्शनयता ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताउनुभयो । इरानका राष्ट्रपति इब्राहिम रायसीले देशको सुरक्षा र शान्तिमा खलल पु-याउनेहरूसँग ‘निर्णायक रूपमा व्यवहार गर्न’ आह्वान गर्नुभएको छ ।
इरानको दोस्रो ठूलो सहर मशादमा प्रदर्शनकारीहरूद्वारा मारिएका एक बासिज मिलिशियाका परिवारसँग फोनमार्फत भएको कुराकानीमा रायसीले ‘विरोध र सार्वजनिक व्यवस्था र सुरक्षामा खलल’ बीच भिन्नता देखिनुपर्नेमा जोड दिए । उनले वर्तमान अशान्तिलाई ‘दङ्गा र दुष्टता’ को रूपमा निन्दा गरे ।
शुक्रबारदेखि राजधानी तेहरानसहित देशभरका कम्तीमा ४० सहरमा प्रदर्शन भइरहेका छन् र प्रदर्शनकारीले महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यका साथै हिजाब अनिवार्य लगाउनुपर्ने माग गरेका छन् । सुरक्षा फौजसँगको झडपमा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । यसअघि शनिबार इरानी सुरक्षा बलको कारबाहीमा मृत्यु हुनेको आधिकारिक संख्या १७ बाट बढेर ३५ पुगेको बताइएको थियो । तर, ओस्लोस्थित इरान मानव अधिकारका अनुसार सरकारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
‘द टाइम्स अफ इजरायल’का अनुसार अमिनीको मृत्युबारे रिपोर्टिङ गर्ने सुधारवादी अखबार शार्गका निलोफर हामेदीसहित अधिकारकर्मी र पत्रकारलाई सुरक्षा फौजले पक्राउ गरेको छ । एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया