आईफोन १४ भारतमै बन्ने
नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा नै आईफोन १४ उत्पादन गरिने बताएको छ । सोमबार एप्पलले भारतमा नै आफ्नो पछिल्लो संस्करणको आईफोन उत्पादन गरिने बताएको हो ।
एप्पलले चीनबाट आफ्नो आईफोन उत्पादन घटाइरहेको समयमा यस्तो बताएको हो । एप्पलले यो महिनाको सुरुमा आईफोन १४ सार्वजनिक गरेको थियो । यो उत्पादनमा कम्पनीले कुनै नयाँ फिचर ल्याउनेभन्दा पनि सुरक्षालाई बढी ध्यान दिएको छ ।
‘नयाँ आईफोन १४ मा नयाँ प्रविधि र महत्वपूर्ण सुरक्षा क्षमताको प्रयोग गरिएको छ । हामी भारतमा आईफोन १४ को उत्पादन सुरु गर्न निकै उत्साहित छौँ’, एप्पलले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । जेपी मोर्गानका विश्लेषकले एप्पलको यो कदमले करिब पाँच प्रतिशत उत्पादन भारतमा सर्न सक्ने बताएका छन् ।
भारत चीनपछि विश्वको सबैभन्दा ठूलो स्मार्टफोनको बजार हो । जेपी मोर्गानका विश्लेषकहरुका अनुसार सन् २०२५ सम्म एप्पलले आफ्ना चारमध्ये एउटा भारतमा उत्पादन गर्न सक्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया