रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार संक्रमित
मस्को । विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ । कोरोना भाइरसविरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । रुसको आधिकारिक निकायले मङ्गलबार थप ३६ हजार छ सय पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ । योसँगै अहिलेसम्म कुल संक्रमितहरूको संख्या दुई करोड आठ लाख ६९ हजार सात सय १४ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार नौ सय ४३ जनाको मृत्यु भएको छ । तीमध्ये एक सय एक जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहे पनि देशका विभिन्न ठाउँमा अहिले पनि संक्रमण फैलिइरहेको छ । सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया