भारतीय अर्बपति भन्छन् : चीन विश्व व्यवसायबाट एक्लिँदै गएको छ
नयाँ दिल्ली । भारतीय अर्बपति गौतम अदानीले चीन एक्लिँदै गएको बताएका छन् । उनले आगामी दिनमा चीनले यसको अझै बढ्दो एक्लोपना महशुस गर्ने बताएका छन् । मंगलबार सिंगापुरमा आयोजित एक सम्मेलनमा बोल्दै अदानीले बढ्दो राष्ट्रियतावाद, आपूर्ति शृंखलाको जोखिम र प्राविधिक कडाइसँगै बेइजिङको बेल्ट एन्ड रोड इनिसिएटिभविरुद्धका गतिविधिले विश्वमञ्चमा चीनको भूमिका प्रभावित हुने बताएका हुन् ।
एसियाकै धनी अदानीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घरजग्गा क्षेत्रमा देखिएको जोखिमले सन् १९९० को दशकको हराएको दशकका दौडान जापानी अर्थतन्त्रमा भएजस्तै हुने भन्दै तुलना गरेका थिए । अदानीले विश्वकै तेस्रो ठूलो धनी भएको महिना दिन बितेको छैन । उक्त स्थान पाउने अदानी पहिलो एसियाली धनाढ्य हुन् । उनी अदानी ग्रुपका संस्थापक हुन् भने उनको बन्दरगाहदेखि ऊर्जा क्षेत्रसम्ममा विभिन्न कम्पनीमा लगानी छ ।
चीनप्रति निराशावादी धारणा राखेका उनले आफ्नो देशको भने मजाले तारिफ गरे । भारत राजनीतिक, भूरणनैतिक र बजारका हिसाबले राम्रामध्ये एक लगानीको क्षेत्र रहेको दाबी गरे । उनको अनुमानअनुसार भारत २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । उनले केही प्रविधि कम्पनीहरुले चिनियाँ निर्भरता तोड्दै भारतप्रति आकर्षित भइरहेको उनको भनाइ छ ।
सोमबार मात्रै एप्पलले आईफोन १४ भारतमा उत्पादन गर्ने निर्णय गरेको थियो । आपूर्ति शृंखलालाई विविधीकरण गर्न यस्तो आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीहरुले बताउँदै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया