आईएमएफद्वारा बेलायती कर कटौतीको आलोचना
लण्डन । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले बेलायत सरकारको कर कटौती प्रस्तावको खुल्ला आलोचना गरेको छ । सरकारले ठूलो कर कटौती योजना ल्याउनलागेको भन्दै कोषले आलोचना गरेको हो । यसले मानिसहरुको जीवनयापन लागत बढ्ने कोषले चेतावनी समेत दिएको छ ।
असामान्य रुपमा जारी वक्तव्यमा कोषले उक्त प्रस्तावले असमानता बढाउने र मूल्य वृद्धिमा दबाब सिर्जना हुने जनाएको छ । बजार यसअघि नै उक्त योजनालाई लिएर सशंकित बनेको छ भने पाउन्ड स्टर्लिङको अवमूल्यन भएको छ । सरकारले भने कर कटौतीसँगै आर्थिक वृद्धि हुने दाबी गरेको छ । आईएमएफले चेतावनी दिएसँगै बुधबार स्टर्लिङ शून्य दशमलव सात प्रतिशतले घटेर १.०६ अमेरिकी डलर पुगेको थियो । सोमबार मात्र बेलायती मुद्रा ऐतिहासिक रुपमा कमजोर बनेको थियो ।
चान्सलर क्वासी क्वार्तेङले ५० वर्षमा देशको ठूलो कर प्याकेज सार्वजनिक गरेका थिए । तर ४५ अर्ब पाउन्डको कर कटौतीलाई लिएर सरकारी सापटी र ब्याजदर ह्वात्तै बढ्नसक्ने डर पैदा भएको बताइएको छ । आईएमएफले विश्व अर्थतन्त्रलाई स्थिरता दिन काम गर्ने र यसको पहिलो भूमिका नै अर्थतन्त्र बिग्रिनुअघि नै चेतावनी दिने गर्छ ।
कोषले आर्थिक वृद्धिलाई लक्षित गरी उक्त योजना ल्याइए पनि कटौतीले मूल्य वृद्धिको अन्तर थप बढ्ने बताएको छ । जसलाई बेलायतकै केन्द्रीय बैंकले घटाउन चाहिरहेको छ । आईएमएफले नोभेम्बर २३ मा बेलायत सरकारले ल्याउने आर्थिक योजनामा कर मूल्यांकन गर्ने अवसर भएको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया