Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक

रूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक


मस्को । रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ ।

‘ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भवतालाई उद्धृत गर्दै आजका लागि माग गरिएको ग्यासको आपुर्ति गर्न असम्भब भएको बताएको छ’, एनीको स्थानीय प्रशासनद्वारा जारी एक विज्ञप्तिमा जनाएको छ ।

‘फलस्वरूप, टार्भिसियो प्रवेश विन्दु हुँदै एनीमा जाने रुसी ग्यास प्रवाह शून्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । इटालीमा वितरण गरिएको अधिकांश रूसी ग्यास ट्रान्स अस्ट्रिया ग्यास पाइपलाइन (ट्याग)मार्फत युक्रेन हुँदै अस्ट्रियाको सीमामा उत्तरी इटालीको टार्भिसियोमा जान्छ ।

युक्रेनमा युद्ध हुनुअघि इटालीले आफूले खपत गर्ने ग्यासको ९५ प्रतिशत आयात गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीले रूसमा इटालीको निर्भरता घटाउन अन्य ग्यास उत्पादकहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । एनीका लागि हुँने ग्यास आपुर्ति जूनमा २५ प्रतिशतमा झरेको छ । प्रशासनले रूसी ग्यासको विकल्पमा नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई गति दिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x