चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक सुरू
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको सातौँ पूर्णबैठक आइतबार यहाँ प्रारम्भ भएको छ । बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महासचिव सीले २०औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक टिप्पणी गरेका छन् । पार्टीका अर्का नेता वाङ हुनिङले पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधन मस्यौदामा व्याख्यात्मक टिप्पणी गरे । बैठकमा सातौँ पूर्णसत्रमा छलफलका लागि पेश गर्नुपर्ने तीनवटा दस्तावेजको अध्ययन पनि गरेको छ ।
सिपिसीको २० औँ राष्ट्रिय महाधिवेशन यही असोज ३० गते यहाँ हुँदैछ । सिपिसीको यो महाधिवेशन चीनलाई आधुनिक सामाजवादी राष्ट्रका रूपमा रूपान्तरण गर्ने महत्वपूर्ण मानिएको छ । महाधिवेशनमा पार्टीले विगत पाँच वर्षमा गरेका कामको समीक्षा गर्नेछ । चिनियाँ विशेषतासहितको समाजवादलाई कायम गर्ने र चीनलाई नयाँ युगमा अग्रसर गराउनेबारेमा गहन छलफल हुनेछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया