क्राइमिया–रुस जोड्ने पुल फेरि सञ्चालनमा
मस्को । क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ ।
क्रेमलिनले सोही दिन युक्रेनआक्रमणको नेतृत्व गर्न नयाँ जनरलनियुक्त गर्ने घोषणा गरेको थियो । युद्धभूमिमा भएको शृङ्खलाबद्ध असफलताका कारण स्वदेशमा रूसी सेनाको आलोचना भएको समाचारहरू आइरहेका समय सेनाका नेतृत्वमा फेरबदल भएको हो । रुसी अनुसन्धानकर्ताका अनुसार १९ किलोमिटर लामो उक्त पुलमा शनिबार बिहान विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै तेलट्याङ्करमा आगजनी हुनुका साथै दुई वटा कार लेन भत्किएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा विस्फोटबारे उल्लेख गर्नुभएन साथै युक्रेनी सुरक्षा अधिकारीहरूले यसको कुनै जिम्मेवारी लिएनन् । रूसका उपप्रधानमन्त्री मारात खुस्नुलिनले पुलको रेलमार्गमा यातायात पूर्णरुपमा सुचारु भएको बताएका छन् । खुस्नुलिनले टेलिग्राममा अघिल्लो पोस्टमा ‘मालवाहक र यात्री यातायात दुवैका लागि’ सेवा पुनः सुरु भएको पुष्टि गरेका थिए । अझै अवरूद्ध रहेको क्षतिग्रस्त लेनहरूमध्ये एउटालाई ‘निकट भविष्यमा’ पुनः सञ्चालनमा ल्याइनेछ ।
स्थानीय अधिकारीहरूले यसअघि नै पुललाई कडा निगरानीमा सवारी साधनहरूको साथ मोटर यातायातको लागि पुनः खोलिएको बताएका थिए, जबकि रेल अपरेटर ग्रान्ड सर्भिस एक्सप्रेसले पहिलो रेलहरू मस्को र सेन्ट पिटर्सबर्गका लागि प्रायद्वीपबाट प्रस्थान गरेको बताएको थियो । मस्कोको वक्तव्य आउनुभन्दा २४ घण्टा अघि सामाजिक सञ्जालको नाटकीय फुटेजमा पुलमा आगो लागेको र केही भाग पानीमा खसेको देखिएको थियो ।
मस्कोका अनुसार विस्फोटपछि एक अज्ञात व्यक्ति र एक महिलाको शव पानीबाट बाहिर निकालिएको थियो । अधिकारीहरूले ट्रकका मालिक रूसको दक्षिणी क्रास्नोडार क्षेत्रका बासिन्दा भएको र उनको घरमा खोजी भइरहेको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया