इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग
रोम । इटालीको व्यापारिक संघ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो संख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि सोमबार आग्रह गरेको छ ।
‘उद्योगविना, इटाली छैन । यदि हामीले हजारौँ कम्पनी बन्द ग-यौं भने लाखौँको रोजगारी गुम्नेछ’, संस्थाका प्रमुख कार्लो बोनोमीले ला स्टाम्पा दैनिकलाई दिएको अन्तर्वार्तामा भने । उनले भने, ‘महामारीको सुरुवातमा भन्दा अहिले म बढी चिन्तित छु । सन् २०२३ सम्ममा ४० देखि ५० अर्ब युरो (३९ देखि ४८ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान गरेको छु ।’ गत महिना भएको निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरेपछि इटालीको आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेकी जियोर्जिया मेलोनीले यदि (उहाँ) ऊर्जा बिल कम गर्न युरोपेली ऐक्यबद्धतामा भरोसा गर्न नसक्ने हो भने ‘अन्य स्रोतसाधनको सहारा लिनुपर्नेछ ।’
इटालियाली कम्पनीहरूले सन् २०२२ मा महामारी अघिको भन्दा एक सय १० अर्ब युरो बढी तिर्नुपर्ने अनुमान गरिएको छ, जसमध्ये ५५.६ अर्ब युरो सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा तिर्नुपर्नेछ । निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीको सरकारले विपन्न परिवार र व्यवसायहरूलाई ऊर्जा सङ्कटको सामना गर्न मद्दत गर्न ६६ अर्ब युरो खर्च गरिसकेको छ ।
सरकारले सन् २०२३ को पहिलो त्रैमासिकसम्म पनि आर्थिक उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । यो मन्दी सन् २०२३ को पहिलो त्रैमासिकसम्म पनि जारी रहने सरकारी पूर्वानुमानले देशलाई मन्दीमा धकेल्ने अनुमान गरेको छ । यसले कर राजस्व घटाउनेछ र नयाँ सरकारको गतिविधिको लागि ठाउँ सीमित गर्नेछ । इटालीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब एक सय ५० प्रतिशत ऋणलाई ध्यानमा राख्दै मेलोनीले कुनै पनि बजेट अभावबारे कुनै निर्णयमा पुग्न हिच्किचाएका छन् ।
जर्मनीले दुई सय अर्ब युरोको ग्यास मूल्य राहत योजनालाई अन्तिम रूप दिने प्रक्रियामा छ । यसको इटाली लगायत युरोपेली साझेदारहरूले कडा आलोचना गरेका छन् । यसले उद्योगको लागि अनुचित लाभ सिर्जना गर्ने सम्भावना छ । एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया