Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिमेन्टमा ५० अर्ब लगानी गर्दै गौतम अदानी

सिमेन्टमा ५० अर्ब लगानी गर्दै गौतम अदानी


नयाँ दिल्ली । विश्वकै चौथो धनी भारतीय अर्बपति गौतम अदानी सिमेन्ट कारोबारमा जोडिने भएका छन् । अम्बुजा सिमेन्ट्स र एसीसी सिमेन्ट खरिद गरेसँगै उनले अब एउटा सिमेन्ट युनिट खरिद गर्न लागेका हुन् ।

अदानी ग्रुपले ऋणमा डुबेको जयप्रकाश पावर भेन्चर्स लिमिटेडबाट उसको सिमेन्ट युनिट खरिद गर्न कुरा गरिरहेको नवभारत टाइम्सले जनाएको छ । बन्दरगाह, ऊर्जालगायतका क्षेत्रमा आफ्नो कारोबार फैलाएको ग्रुपले एक सिमेन्ट ग्रिन्डिङ युनिट र दोस्रो सानो सम्पत्ति खरिद गर्न चाहेको छ । यसका लागि ग्रुपले ५० अर्ब भारु खर्च गर्न तयार देखिएको छ ।

ब्लुमबर्गले पनि यसबारे उल्लेख गरेको छ । ग्रुपले मे महिनामा स्विटजरल्यान्डको होल्सिम लिमिटेडबाट अम्बुजा र एसीसी सिमेन्ट किनेको थियो । त्योसँगै अदानी रातारात भारतको दोस्रो ठूलो सिमेन्ट उत्पादक बनेको थियो । अहिले किन्न लागेको ग्रिन्डिङ फ्यासिलिटीबाट २० लाख टन वार्षिक सिमेन्ट उत्पादन गर्न सकिने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x