फेसबुक र इन्स्टाको मातृकम्पनी मेटा ‘आतंकवादी संगठन’ भएको रूसको घोषणा
मस्को । रूसले फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटालाई आतंकवादी संगठन भएको घोषणा गरेको छ । आफ्नो दर्ता फाइलमा बहुराष्ट्रिय कम्पनीलाई आतंकवाद र अतिवादमा संलग्न संगठनको दर्जा दिइएको हो ।
रोसफिनमनिटरिङले रुसमा फेसबुक र इन्स्टाग्राम दुवै प्रतिबन्धित भएको पनि जनाएको छ । योसँगै बैंकहरुले यससम्बन्धी रकम फ्रिज गर्नुपर्नेछ भने आफ्ना अकाउन्टहरु निलम्बन गर्नुपर्ने भएको छ । मार्च २१ मा मस्कोमा रहेको भस्र्कोय जिल्ला अदालतले मेटालाई अतिवादी संगठन भएको बताएको थियो ।
मेटाको व्यवस्थापनले युक्रेनबाट भएको रुसी सेनाविरुद्धको हिंसाको आह्वानलाई अनुमति दिएको दाबी गरिएको थियो । अदालतको निर्णयविरुद्ध अपिल गर्न समेत दिइएको थिएन । तर मेटाकै ह्वाट्सएपविरुद्ध भने अदालतको निर्णय लागू भएको थिएन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया