चर्किँदो रूस–युक्रेन द्वन्द्व
युक्रेनले माग्यो एकैपटक धेरै रकेट आक्रमण गर्ने हतियार
ब्रसेल्स । रूस–क्राइमिया जोड्ने पुलमा भएको विस्फोटनपछि युक्रेनविरुद्ध रूसले क्षेप्यास्त्र आक्रमणलाई तीव्रता दिएको छ । सोसँगै युक्रेनमा दर्जनौँको मृत्यु भएको छ ।
फेब्रुअरीमा एकतर्फी आक्रमण थालेयता रुसले दुई दिन अघिदेखि क्राइमिया पुल विस्फोटनको बदला लिन थालेको हो । सोसँगै युक्रेनले पनि रुसी आक्रमण सामना गर्न पश्चिमा देशसँग अत्याधुनिक हतियार प्रणालीको याचना गरेको छ ।
पछिल्लो रुसी आक्रमणपछि युक्रेनको अपेक्षित हतियार सूचीमा एकैपटक धेरै रकेट आक्रमण गर्नेसक्ने प्रणाली आफूलाई चाहिएको बताएको हो । यसपछि उसले आर्टिलरी र हवाइ प्रतिरक्षालाई जोड दिएको छ । युक्रेनका रक्षामन्त्रीले बुधबार ब्रसेल्समा आयोजित छलफलमा ती हतियार एकदमै आवश्यक भएको बताएका हुन् ।
ब्रसेल्समा बुधबार रक्षामन्त्रीहरुको यस विषयमा छलफल भएको थियो । त्यसमा कसरी युक्रेनलाई सहयोग गर्न सकिनेबारे छलफल भएको थियो । युक्रेनले यसबारे सहयोगी राष्ट्रसँग आवश्यक हतियारबारे जानकारी गराएको थियो । उसले उत्तर एटलान्टिक सैन्य संगठन (नाटो)लाई जस्तै मल्टिपल लन्च रकेट सिस्टम्स (एमएलआरएस)लगायतबारे अवगत गराएको थियो । यसबाहेक उसले आर्टिलरी, होवित्जरलगायतको आवश्यकता औँल्याएको छ । उसले १५५ एमएम, १५२ एमएम र १२२ एमएमको हतियार मागेको छ ।
युक्रेनले हवाइ रक्षा प्रणालीलाई तेस्रो प्राथमिकतामा राखेको छ । त्यसमा क्षेप्यास्त्रहरु समावेश छन् । यसले युक्रेन पश्चिमा देशको हतियारतर्फ थप आकर्षित भएको देखिएको छ । उसले हवाइ प्रतिरक्षा प्रणालीमा एस–३०० र एसए–११ लाई जोड दिएको छ । पछिल्लो समय रुसले इरानी ड्रोनको प्रयोग गरेको छ । अन्य प्राथमिकतामा राडारहरु, तटीय प्रतिरक्षात्मक हतियार, ट्यांक र विद्युतीय युद्ध सामग्री रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया