Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कले भने– युक्रेनमा स्टारलिंकले सधैं लगानी गर्न सक्दैन

मस्कले भने– युक्रेनमा स्टारलिंकले सधैं लगानी गर्न सक्दैन


अमेरिका । स्पेस–एक्सले युक्रेनमा स्टारलिंक स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार बताएका छन् ।

अमेरिकी सेनाले प्रमुख नेटवर्कका लागि लगानीबारे अर्बपतिको कम्पनीसँग कुराकानी गरिरहेको पुष्टि गरेको छ ।

मस्क र युक्रेनी नेताहरूबीचको विवाद सार्वजनिक रूपमा बाहिरिएपछि यो छलफल भएको हो । युक्रेनी नेताहरू क्रिमियामाथिको रूसी सार्वभौमिकतालाई स्वीकार गर्ने उनको विवादास्पद योजनाबाट क्रुद्ध भएका थिए ।

मस्कले गत हप्ता दिएको अद्यावधिक तथ्यांकअनुसार, पृथ्वीको तल्लो कक्षमा तीन हजारभन्दा बढी साना उपग्रहहरूको तारामण्डल स्टारलिंक, युक्रेनको सञ्चारको लागि महत्वपूर्ण रहेको छ किनकि यसले रूसको आक्रमणविरुद्ध लडिरहेको छ । स्पेसएक्सले लगभग २५ हजार ग्राउन्ड टर्मिनलहरू निशुल्करूपमा उपलब्ध गराउँदै आएको छ ।

आफ्नो आर्थिक सहयोग समाप्त हुने र सेनाले खर्च गर्नुपर्ने मस्कको चेतावनीबारे सीएनएनको एक रिपोर्टलाई पुष्टि गर्दै उनले ट्विटको शृंखलाबद्ध रूपमा सूचनाहरू जारी गरेका छन् ।

‘स्पेसएक्सले विगतको खर्च फिर्ता गर्न भनिरहेको छैन, तर विद्यमान प्रणालीलाई अनिश्चितकालका लागि कोष दिन सक्दैन र सामान्य घरपरिवारभन्दा १०० गुणा बढी डाटा प्रयोग हुने हजारौं टर्मिनलहरू पठाउन सक्दैन’, उनले ट्विटरमा लेखेका छन् ।

उनले भने, ‘यो अनुचित छ ।’ मस्कका अनुसार यो अपरेसनमा स्पेसएक्सलाई आठ करोड अमेरिकी डलर खर्च भइसकेको छ र यो वर्षको अन्त्यसम्ममा १० करोड डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

तर सीएनएनका अनुसार स्पेसएक्सले पेन्टागनलाई दिएको तथ्यांकअनुसार युक्रेनमा पहिलो २० हजार टर्मिनलमध्ये करिब ८५ प्रतिशतमा संयुक्त राज्य अमेरिका, पोल्याण्ड वा अन्य संस्थाहरूले कम्तीमा आंशिक रूपमा भुक्तानी गरेका थिए ।

पेन्टागनका सञ्चार उपसचिव सबरिना सिंहले शुक्रबार अमेरिकी रक्षा मन्त्रालय मस्कसँग आर्थिक सहयोगका विषयमा सम्पर्कमा रहेको बताएकी छिन् ।

सिंहले भनिन्, ‘हामी पुष्टि गर्न सक्छौँ कि विभागले स्पेसएक्सबाट युक्रेनमा उनीहरूको उपग्रह संचार उत्पादन कोषको बारेमा पत्राचार प्राप्त गरेको छ । हामी यस र अन्य विषयमा स्पेसएक्ससँग सम्पर्कमा छौँ ।’ 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x