आगामी ५ वर्षमा भारतले पौने ५ खर्ब डलर एफडीआई भित्र्याउने
नयाँ दिल्ली । भारतले आगामी पाँच वर्षमा ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउने देखिएको छ । विभिन्न सुधार र आर्थिक वृद्धिलाई ध्यान दिँदै भारतले आगामी पाँच वर्षमा चार खर्ब ७५ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने एक रिपोर्टले देखाएको हो ।
ईवाई र सीआईआईको संयुक्त रुपमा तयार गरिएको रिपोर्ट ‘भिजन विकसित भारत– एमएनसीको लागि अवसर र अपेक्षा’मा यस्तो अनुमान गरिएको हो ।
रिपोर्टअनुसार ७१ प्रतिशत बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो वैश्विक विस्तारको लागि भारतलाई एक आकर्षक लगानी गन्तव्य मानेका छन् । त्यस्तै ९६ प्रतिशतले लामो समय भारतीय अर्थव्यवस्थाबारे सकारात्मक रहेको बताएका छन् । एमएनसीले जीएसटी लागू, विभिन्न क्षेत्रमा सरकारबाट डिजिटल प्रयोगलाई बढावा र करमा पारदर्शितासहित अन्य सुधार भएको भन्दै स्वागत गरेको छ ।
उक्त सर्वेक्षणअनुसार धेरैजसो बहुराष्ट्रिय कम्पनीलाई आगामी तीनदेखि पाँच वर्षमा भारतीय अर्थतन्त्रले निकै राम्रो गर्ने अपेक्षा गरेको देखिएको छ । यसअनुसार पौने पाँच खर्ब वैदेशिक लगानी भित्रिनसक्ने देखिएको बताइएको छ ।
पछिल्लो समय भारतको एफडीआईमा लगातार वृद्धि देखिएको छ । आर्थिक वर्ष २०२१÷०२२ मा ८४.८ अर्ब डलरको लगानी भित्रिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया