Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको रुस निर्यात सामान्य अवस्थामा फर्किँदै

बंगलादेशको रुस निर्यात सामान्य अवस्थामा फर्किँदै


ढाका । फेब्रुअरीमा रुस–युक्रेन युद्धसँगै धेरैले बंगलादेशले रुसमा वस्तु निर्यात रोक्ने अड्कल काटेका थिए । किनकि धेरै देशहरुले रुसविरुद्ध आर्थिक प्रतिबन्ध घोषणा गरिरहेका थिए । तर उक्त अड्कलबाजी गलत साबित भएको छ । बंगलादेशको रुसतर्फको वस्तु निर्यात सामान्य अवस्थामा फर्किन लागेको छ ।

वैकल्पिक शिपिङ माध्यम र भुक्तानी प्रणालीका कारण बंगलादेशी निर्यात सामान्य अवस्थामा फर्किएको त्यहाँको अनलाइन पत्रिका द डेलीस्टार अनलाइनले जनाएको छ । पछिल्ला वर्षमा रुस बंगलादेशको उच्च निर्यात सम्भावनायुक्त देखिँदै आएको थियो । तर पछिल्लो युद्धपछि वस्तुहरुको शिपमेन्ट केही समय रोकिनपुगेको थियो ।

चालू आवको पहिलो दुई महिनामा बंगलादेशले रुसमा तीन करोड ३५ लाख २० हजार डलरको वस्तु निर्यात गरेको छ । सन् २०२१/०२२ को सोही अवधिमा बंगलादेशबाट ६३ करोड ८३ लाख अमेरिकी डलरको निर्यात भएको थियो । उक्त वर्ष दुई देशीय व्यापारमा उच्च सुधार भएको थियो ।

युद्धअघि स्थानीय निर्यातकर्ताले चटग्राम बन्दरगाहबाट फिनल्यान्डमा निर्यात गर्दै आएका थिए । ती सबै वस्तु रुसको सेन्ट पिटर्सबर्गमा पुग्थ्यो । तर युद्धपछि अहिले त्यो रुट बिथोलिएको छ । यसको धेरै वैकल्पिक रुट प्रयोग भएको छ । अहिले टर्की, दक्षिण कोरिया, जर्मनी, चीन, हङकङ, सिंगापुर र पोल्यान्ड हुँदै रुसमा पुग्ने गरेका छन् ।

केही निर्यातकर्ताले सिधै रुसमा सामान निर्यात गरिरहेका छन् । उनीहरुले कुनै दुःख र झञ्झट समेत व्यहोर्नु नपरेको बताइएको छ । भुक्तानीमा समेत कुनै पनि कठिनाइ नभएको बताइएको छ । रुसका छवटा बैंकहरुबाट उनीहरुले सिधै भुक्तानी पाइरहेका छन् । यसअघि विश्वव्यापी प्रचलित स्विफ्ट प्रणालीबाट भुक्तानी गर्ने गरिएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x