रुसी लडाकु विमान दुर्घटनामा १३ जनाको मृत्यु
मस्को । रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ ।
आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् जसमा तीन बालबालिकासहित मृत्यु हुनेको संख्या १३ पुगेको छ । अन्य १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।
यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।
चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो ।
दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्याथएको छ । रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया