Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसम्पत्ति शुद्धीकरणमा अस्ट्रेलियाको क्यासिनोलाई कीर्तिमानी जरिवाना

सम्पत्ति शुद्धीकरणमा अस्ट्रेलियाको क्यासिनोलाई कीर्तिमानी जरिवाना


सिडनी । अस्ट्रेलियाली जुवा कम्पनी स्टार इन्टरटेनमेन्ट ग्रुपले कीर्तिमानी जरिवाना तिर्नुपर्ने भएको छ । बीबीसीका अनुसार उक्त क्यासिनोविरुद्ध १० करोड अस्ट्रेलियन डलर जरिवाना तोकिएको हो ।

सम्पत्ति शुद्धीकरणमा दोषी पाइएपछि क्यासिनोलाई जरिवाना तोकिएको बताइएको छ । स्टारले सिडनीमै क्यासिनोहरु सञ्चालन गर्दै आएको छ । यो ग्रुपको लाइसेन्स समेत निलम्बन गरिएको छ । क्यासिनोले भने लाइसेन्स फेरि पाउन र सामाजिक विश्वास कायम गर्न भरमग्दुर प्रयास गर्ने भएको छ ।

आपराधिक गतिविधि बढेसँगै अस्ट्रेलियाका जुवाघरहरुलाई व्यवसाय सञ्चालन गर्न नै अप्ठ्यारो भएको छ । स्टारले सम्पत्ति शुद्धीकरणमा योगदान गरेको र संगठित अपराध गरेको आरोप लागेको थियो । सोमबार कम्पनीविरुद्ध अधिकतम जरिवाना तोकिएको हो ।

यद्यपि अझै क्यासिनो सञ्चालन भने हुनेछ तर त्यसको लागि नियामकीय तर्फबाट एक मेनेजरले समेत अनुगमन गर्नेछन् । शुक्रबारदेखि भने उसले लाइसेन्स नपाएसम्म सञ्चालन गर्न नपाउने भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x