Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनद्वारा जीडीपी र अन्य आर्थिक तथ्यांक सार्वजनिक गर्न ढिलाइ

चीनद्वारा जीडीपी र अन्य आर्थिक तथ्यांक सार्वजनिक गर्न ढिलाइ


हङकङ । चीनले मुख्य आर्थिक तथ्यांकहरु सार्वजनिक गर्न ढिलाइ गरेको छ । सार्वजनिक गर्ने भनी तोकिएको मितिको एक दिनअघि चीनले आर्थिक सूचकबारेको जानकारी सार्वजनिकीकरणमा ढिलाइ गरेको हो ।

चीनमा अहिले शासन सम्हालिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य राजनीतिक सम्मेलन चलिरहेको छ । चीनको नेशनल ब्युरो अफ स्टाटिस्टिक्सले पछिल्लो तथ्यांक सार्वजनिक गर्ने दिनबारे सोमबार जनाएको थियो । त्यसमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरलगायतका महत्वपूर्ण तथ्यांक समावेश थियो । यसअनुसार सूचकहरु मंगलबारलाई उक्त दिन तोकिएको थियो । यसमा त्रैमासिक खुद्रा बिक्री, औद्योगिक उत्पादन र मासिक बेरोजगारी दरबारेका सूचकांक पनि सार्वजनिक हुँदै थिए ।

तर ब्युरोले नयाँ मिति घोषणा वा ढिलाइबारे केही उल्लेख गरेको छैन । यता चिनियाँ भन्सार प्राधिकरणले पनि मासिक व्यापारिक तथ्यांक सार्वजनिक गर्न ढिलाइ गरेको छ । जुन शुक्रबार सार्वजनिक हुने भनिएको थियो ।

तथ्यांक सार्वजनिकीकरणमा ढिलाइ हुनु र पार्टीको सम्मेलन हुनु एकैसाथ परेको छ । जारी सम्मेलनसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले ऐतिहासिक तेस्रो कार्यकाल राष्ट्रपति हुने अवसर पाउने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x