Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय कांग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित

भारतीय कांग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित


नयाँ दिल्ली । भारतको विपक्षी दल, राष्ट्रिय कांग्रेस पार्टी (आईएनसी), को अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । आईएनसीले मल्लिकार्जुन खड्गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिएका हुन् ।

निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, ‘कुल नौ हजार तीन सय ८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ । उहाँसँग अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुभएका कांग्रेस नेता शशि थरूरले एक हजार ७२ मत प्राप्त गर्नुभएको छ । साथै, खसेको कुल मतमध्ये चार सय १६ मत बदर भएको छ ।’

निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, ‘थरुरले हार स्वीकार गर्दै खड्गेको सफलताको कामना गर्नुभएको छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड्गे २४ वर्षमा पहिलो पटक गैर–गान्धी परिवारबाट कांग्रेसको नेतृत्वमा चयन हुनुभएको छ ।’

गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x