युक्रेनमा २० प्रतिशतसम्म विद्युत् कटौती गरिँदै
कीभ । रूसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युत्को प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले शनिबार एएफपीलाई बताएको छ ।
‘हामी नागरिक र व्यवसायहरू दुवैप्रति आभारी छौँ । नागरिकले घरमा आफ्नो विद्युत् खपत कम गरेका छन् र उद्योग, फर्म तथा कार्यालयहरूले आफ्नो कार्यालय र कार्यस्थलमा यस्तै गरिरहेका छन् । हामीले विभिन्न क्षेत्रमा बचत देख्छौँ र विभिन्न दिनमा स्वेच्छिक उपभोगमा कमीको स्तर औसतमा पाँचदेखि २० प्रतिशतसम्म हुन्छ’, युक्रेनका प्रमुख भोलोडिमिर कुद्रित्स्कीले एएफपीसँगको लिखित प्रतिक्रियामा उल्लेख गरे ।
युक्रेनको ऊर्जा प्रणालीका लागि यी ‘महत्वपूर्ण मात्रा’ भए पनि ती क्षेत्रहरूका लागि पर्याप्त थिएनन् जहाँ पूर्वाधारले ‘सबैभन्दा बढी क्षति बेहोरेको’ थियो । त्यसैले युक्रेनी ती क्षेत्रले ‘जबरजस्ती प्रतिबन्धहरू’को सहारा लिनुपरेको छ ।
रुसी सेनाले हालैका दिनहरूमा विशेष गरी युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गरेको छ, जसमा शनिबार बिहान देशभरि पछिल्लो आक्रमणहरू भएका छन् ।
कुद्रित्स्कीले अक्टोबर १० र १२ मा भएको आक्रमण ‘युरोपेली इतिहासको ऊर्जा प्रणालीमाथिको सबैभन्दा ठूलो आक्रमण’ भएको बताए ।
क्रिमियन प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु-याएको विस्फोटको प्रतिशोधस्वरूप रूसी सेनाले अक्टोबर १० मा युक्रेनका विभिन्न सहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको कीभले जनाएको छ ।
कुद्रित्स्कीले भने, ‘शत्रुको एउटै लक्ष्य जनतामा त्रास छर्ने, ऊर्जाकर्मीहरूलाई तर्साउने, ऊर्जा प्रणालीलाई संकटको स्थितिमा ल्याउने रहेको छ ।’ उनले आक्रमणपछि युक्रेनले करिब एक हजार विशेषज्ञहरूको साथ ७० मरम्मत समूहहरू स्थापना गरेको बताए ।
उनले भने, ‘गोलाबारीपछि भएको क्षतिको मात्राका आधारमा कतिपय स्थानमा केही घण्टादेखि एक दिनको अवधिमा विद्युत् आपूर्ति सुचारु गर्न सम्भव छ ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया