Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकासँग व्यापार वार्ता सुरु गर्दै बेलायत

अमेरिकासँग व्यापार वार्ता सुरु गर्दै बेलायत


लन्डन, फागुन २०

बेलायतले सोमबार अमेरिकासँगको व्यापार वार्ताका लागि म्यान्डेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँगको विशेष सम्बन्धको परीक्षा हुने गरी वार्तामा ठूलै सहुलियतसहितको माग अमेरिकासँग गर्ने संकेत गरेका छन् । जनवरीमा बेलायत युरोपेली संगठनबाट बाहिरिएको थियो । प्रधानमन्त्री जोन्सनले अमेरिकासँग व्यापार सम्झौता गर्ने यसअघि नै बताउँदै आएका छन् । बेलायतले व्यापार अवरोध पूर्णरुपेण हटाउन चाहेको छ । तर उसको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) भने वार्ताको टेबुलमा नहुने बताइएको छ । त्यस्तै खाद्य मानक पनि सन्तुलनमै राखिने बताइएको छ । बेलायतले छुट र सहुलियतसहित वार्ता गर्ने भएपछि दुवै देशबीच कडा छलफल हुने भएको छ । अमेरिकाले प्रतिबन्ध लगाएको चिनियाँ प्रविधि कम्पनी हुवावेलाई बेलायतले अनुमति दिएसँगै रुष्ट बनिरहेको छ । त्यसैमाथि कडा वार्ता नीति अख्तियार गरेपछि दुई देशबीचको छलफल पनि केही अप्ठ्यारो विन्दुमा पुग्न सक्ने रोयटर्सको अनुमान छ । साथै बेलायतले डिजिटल कर लगाउने समेत तयारी गरिरहँदा व्यापार वार्ता निष्कर्षमा कसरी पुग्ला भन्ने अनुमान एजेन्सीहरुले गरेका छन् ।

जोन्सनका अनुसार औद्योगिक प्रवद्र्धनका लागि बेलायतले राम्रै बार्गेनिङको तयारी गरेको छ । बेलायतले अप्रिलदेखि डिजिटल करको प्रस्ताव गरे पनि अमेरिकासँगको वार्तापछि त्यो हाललाई स्थगन समेत हुनसक्नेछ । अमेरिकासँगको सम्झौताले बेलायतको ट्रान्सएटलान्टिक व्यापार १५ अर्ब पाउन्डसम्मको हुनसक्नेछ । यसले बेलायती अर्थतन्त्रमा ३ अर्ब पाउन्ड थप गर्ने अनुमान गरिएको छ । बेलायतको पूरै अर्थतन्त्र २७ खर्ब डलरबराबरको छ । बेलायतको लागि ईयूपछि अमेरिका नै ठूलो व्यापारिक साझेदार हो । सन् २०१८ मा कुल निर्यातको १८ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको बताइएको छ । त्यस्तै ४५ प्रतिशत ईयूको हिस्सा छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x