क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान
जकार्ता । विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवं सहकार्य गर्न आह्वान गरेका छन् ।
कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको संक्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् ।
सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन् ।
सन् २०३० सम्ममा विश्वबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न जी ट्वेन्टीको प्रयासले सार्थक हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया